Nepali | NEB Notes
पाठ १ : नेपालै नरहे
पाठ २ : छिमेकी
पाठ ३ : आइमाई साथी
पाठ ४ : मधु मालतीको कथा
पाठ ५ : भलादमी
पाठ ६ : हर्क बहादुर
पाठ ७ : एक चिहान
पाठ ८ : म फूल लिएर आउनेछु
पाठ ९ : मानुषी
पाठ १० : रातभरि हुरी चल्यो
पाठ ११ : मेरो देश
पाठ १२ : आलु
पाठ १३ : शत्रु
पाठ १४ : एक चिहान
पाठ १५ : हारजित
पाठ १६ :
पाठ १७ : नालापानीमा
पाठ १८ : कान्छी, भट्टी र देश
पाठ १९ : बौलाहा काजीको सपना
केहि ब्याकरण
पदवर्ग पहिचान गर्ने तरिका
वाच्य परिवर्तन सम्बन्धी केहि तरिका
कार्यका आधारमा कारक
समास
व्यक्तिगत विवरण
पद पूर्तिको लागि प्रकशित गरिने विज्ञापनको नमुना
टिप्पणी लेखन
सम्पादकलाइ चिठी
प्रतिवेदन लेखन
बधाई
श्रधान्जली एवं समवेदना
छात्रवृत्तिका लागि पत्र
निमन्त्रणा
नेपालै नरहे
झ्याउरे लयमा रचना गरिएको यस ‘नेपालै नरहे’ कविता राष्ट्र कवि माधवप्रसाद घिमिरेको उच्चस्त्रवादि स्वर घन्किएको कविता हो l नेपाली माटो, नेपाली प्रकृति, विरता, संस्कृति जस्ता विषय माथि प्रकाश पार्दै नेपाल र नेपालीको परिचय कवितामा प्रस्तुत गरिएको छ l हिमालको काखमा अवस्थित यस सुन्दर आकर्षक देश नेपाललाई आर्थिक सामाजिक उन्नतिले सजाउनु पर्ने संदेश कवितामा भेटिन्छ l तराईको उर्वरता, हिमालको स्वच्छता, नेपालीको मौलिकता, नेपाली र नेपालको चिनारी भनि नेपाललाई संसारकै सर्वोत्क्रिस्ट र सर्वोच्च भूमिको रुपमा कविले प्रस्तुत गरेका छन् l
नेपाली संस्कृति, परम्परा, चाडपर्व, भाकामा नेपाली रम्ने राष्ट्रिय भlब ब्यक्त गर्दै हाम्रा पुर्खाको बलिदान, समर्पण, त्याग युग्युगंतर सम्म रहिरहने कवितामा भनिएको छ l चेतना, शिक्षा,सभ्यता धर्तीमा पुर्व बाट सुरु भएकोले र हामी पूर्वका बासिन्दा हुनाले गौरवको अनुभव कवितामा प्रस्तुत भएको छ l राष्ट्र को चिनारी अस्तित्व भए मात्र देशबासी परिचित हुने भावलाइ प्रस्तुत गरिएको छ l देशको भूगोलमा रहेको स्थानको आ आफ्नै महत्व हुने कुरा लाई प्रस्तुत गर्न कबि ले तराई लाइ सुन र हिमाललाइ हिरा संग तुलना गर्दै राष्ट्र प्रति को सम्मान भाव व्यक्त गरेका छन् l
छिमेकी
प्रथम आधुनिक कथाकार गुरुप्रसाद मैनाली सामाजिक यथार्थवादी कथाकार हुन् l नेपाली समाजका वास्तविक घटनालाई कथाको विषयवस्तु बनाउने कथाकार मैनाली घटना प्रधान कथा लेख्ने कथाकार हुन् l ग्रामिण अशिक्षित परिवेश लाई अत्यन्त सजिब ढंगले प्रस्तुत गर्ने कथाकार मैनालीका कथामा मार्मिकता, हार्दिकता, मानबियता, र जिवन्तता प्रस्तुत भएको पाइन्छ l नेपाली जनजिब्रोमा उखान टुक्का थेगोलाई उपयुक्त पत्र द्वारा अनुकुल परिबेशमा प्रस्तुत गर्ने हुनाले मैनालीका कथामा स्वाभाविकता, रोचकता र आकर्शकता पाइन्छ l सरलता, सहजता उनका कथाका विशेषता भनेर चिनिन्छ l ११ वटा कथाको संग्रह ‘नासो’को एउटा कथा छिमेकी पनि हो l
सामाजिक यथार्थवादी धरातलमा प्रस्तुत भएको यस छिमेकी कथाको सिर्शक १ शब्दबाट निर्मित छ l छिमेकी भनेका नजिकै बसोबास गर्ने व्यक्ति भन्ने बुझिन्छ कथाकारले कथाका प्रमुख पlत्रहरु गुम्ने र धन्जिते मार्फत कथाको सन्देस ब्यक्त गरेका छन् l समाजमा घट्ने घटनालाई बिषय वस्तु बनाइ छिमेकीको दायित्व र भूमिका लाइ यहाँ प्रस्तुत गरिएको छ l बोलचाल नभएको अशक्त छिमेकीलाई मानबिय नाताले सेवा गरेको छ l एउटा छिमेकीले कर्तब्य भुल्यो भन्दैमा अर्को छिमेकी पनि खराब हुनु हु दैन भन्ने सन्देस कथाकारले गुमाने मार्फत ब्यक्त गरेका छन् l छिमेकीले निजि स्वार्थ र फाइदा लाई भुलेर सद्भाव र मनबताको भlब राख्नुपर्छ भन्ने कथाको मुलभाव लाई कथाकारले गुमनेलाई त्यागी र महान बनाएर प्रस्तुत गरेका छन् l
छिमेकी दुख सुखका सहयात्री, एक अर्काको परिपुरक हुनाले असल छिमेकीले सामान्य खटपट बिर्सनु पर्छ भन्ने भब कथामा पाईन्छ l बैगुनीलाई गुनले मर्नुपर्छ भन्ने लोक आदर्शका कुरा लाई कथामा सन्देसको रुपमा ब्यक्त गरेको पाईन्छ l एक अर्काको अस्तित्वमा संसार रहेकोले एउटालाई पर्दा अर्कोले मद्दत गर्नु पर्ने विचार पनि यस कथाको मूल सन्देस हो l छिमेकी संग सुमधुर सम्बन्ध कायम गरिनुपर्छ र मिलनसारिता, समझ्दरिता, छिमेकीका बिशेषता भनि कथाकारले चिनाएका छन् l
आइमाई साथी
प्रगतिशील, प्रगतिवादी, साहित्यकार श्यामप्रसाद शर्मा सामाजिक शोषण, उत्पीडन, कुरीति, रुढिवादी, अन्धबिस्वास विरुद्ध कलम चलाउने सशक्त निबन्धकार हुन् l राष्ट्रप्रेम, मlनबतावाद, समानता,विभेदको अन्त्य जस्ता बिषय लाई निबन्धको विषयवस्तु बनाउने निबन्धकार शर्माका निबन्धमा समाज सुधार र सोषण, आन्याय, अत्याचारको बिस्वब्यपी चिन्तन गरिएको पाइन्छ l यथार्थ बिषय लाई अख्यानात्मक रुप दिने निबन्धकार शर्माको निबन्धका भाषा शैली आकर्षक, प्रभावकारी र रोचक भएको पाइन्छ l ’तँ, तिमी, तपाईं, हजुर’ निबन्धसंग्रहमा संग्रहित यस आइमाई साथी निबन्धमा नारी समानता र स्वतन्त्रतालाई मूल बिषय बनाइएको छ l
आइमाई साथीको महत्व दर्सौदै नारीप्रतिको सामाजिक विभेद, असमान व्यवहार र लैंगिक समानताको पक्षमा निबन्ध केन्द्रित रहेको छ l नाता नपर्ने महिला संग पुरुषले मित्रता गास्न पुगे समाज बिरोधि हुने र महिला र पुरुषको मैत्री सम्बन्धमा कालो पर्खालको रुपमा सामाजिक सोच खडा हुने जस्ता संकीर्ण विचारप्रति आक्रोश सहित व्यंग्यात्मक प्रस्तुति निबन्धमा निबन्धकारले प्रस्तुत गरेका छन् आडम्बरी देखावटी प्रवृतिले नेपाली समाजको लैंगिक असमानतालाई जिउदो बनाईएको यथार्थलाई प्रस्तुत गर्न लेखकले प्रगतिशील विचारका पण्डित र नेताको प्रसङ्ग लाई निबन्धमा प्रस्तुत गरेका छन् l
नारी स्वतन्त्रताको चर्को नारा लाउनुको सट्टा उनीहरुलाई सामाजिक विभेद र साँघुरो सोचाई अनि परम्परावादी चिन्तनबाट माथि उठ्ने अवसर प्रदान गर्नु पर्छ भन्ने मूल सन्देस बोकेको यस निबन्धमा नारीहरुलाई बिकासको आधार मानिएको छ l सामाजिक जागरणमा बृद्दी गरेर समाजका हरेक गतिविधिमा नारीलाई सक्रिय हुने मौका दिनु पर्छ भन्ने विचार निबन्धमा मूल भावको रुपमा ब्यक्त भएको छ नारीले आफ्नो हक अधिकार र कर्तव्यको रक्षा आफैंले गर्नुपर्ने तर पुरुषको सहयोग बिना पुरातनबादी सोचका नारीले यस कार्य लाई पुरा गर्न नसक्ने हुँदा पुरुषको सहकार्य र साथलाई निबन्धमा संदेशको रुपमा ब्यक्त भएको छ l नारी र पुरुषको समाबेशी बाट नै रास्ट्रको उन्नति हुनेहुँदा नारी र पुरुष बिचको असमानता हटाउनुपर्ने विचार निबन्धको मूल भाव हो l
मधु मालतीको कथा
बिशेस्वरप्रसाद कोइरालाको मनोबैज्ञानिक प्रवृति र गुरुप्रसाद मैनालीको सामाजिक यथार्थवादी शैलीलाई एकै ठाउँमा ब्यक्त गर्ने कथाकार रमेश विकल प्रगतिशील कथाकार हुन् l बिपन्न वर्गप्रति सहानुभूति प्रकट गर्दै सामन्ती वर्गको शोषण अन्याय अत्याचार लाइ बिद्रोह गर्ने कथाकार विकलका कथामा गरिब जनजीवनका समस्या बाध्यता र विवसता व्यक्त गरिएको पाइन्छ l काठमाडौँ वरिपरिको परिवेशलाई कथामा व्यक्त गर्ने कथाकार विकल्का कथामा वर्गीय द्वन्द, असमानता, अन्धविस्वास जस्ता विषयलाई प्रमुखताका साथ प्रस्तुत गरिएको पाइन्छ l सामाजिक यथार्थको धरातलमा बालमानोविज्ञानलाइ प्रस्तुत गरिएको यस मधु मालतीको कथामा वर्गीय विभेद, जातीय असमानता र बालमस्तिस्कलाई प्रस्तुत गरिएको छ l नेपाली समाजमा विद्ध्यमान वार्गभेदको अवस्थालाई कथामा शंकर र गौरीको परिवार बाट प्रस्तुत गरिएको छ l विपन्न वर्गीय समाजको मर्म र वेदनालाई मार्मिक रुपमा प्रस्तुत गरिएको यस कथामा बाल मनको सुक्ष्म विस्लेषण गरिएको छ l अबोध बालसंसारमा बाधक भएर उभिने समाजको विभेदपूर्ण संरचना प्रति कथाकार आक्रोशित पनि भएका बुझिन्छन् l उच्च वर्गीय समाजको दमनकारी मनोवृत्ति कथामा प्रस्तुत गर्दै लोक कथाको पृष्ठभूमिमा नेपाली समाजको भेदभावपूर्ण अवस्थालाई कथामा चित्रण गरिएको छ l
समाजमा असमानता र वर्ग विभाजन भएपनि बाल मस्तिस्कले त्यसको बोध नगर्ने कुरालाई कथामा शंकर र गौरीको घनिष्ट सम्बन्धबाट पुस्टि गरिएको छ l बालबालिकाले लौकिक र अलौकिक सन्दर्भ र अपरिपक्व मानसिकताले ठुलो र सानो रुपको भेदभाव महसुस गर्न नसक्ने मनोवैज्ञानिक सत्यका कथामा संकर र गौरी मार्फत प्रस्तुत गरिएको छ l कथाको जस्तै मधुकरको बासुरीबाट मालतीरुपी गौरीलाई बोलाउन चाहनु, आफ्नी आमा संग घोडाको माग गर्नु, मधुकरले जस्तै साहसी काम गर्न उत्प्रेरित हुनु, गौरीको सम्पन्नताको बोध नहुनु, आदि संकरको मनोदशा हो भने मालतीझैं मधुकररुपी संकरलाइ पारिवारिक विरोध भएपनि सकेसम्म साथ दिनु, बादलपारीको सहरमा जाने इच्छा गर्नु, आफ्नै फुपुदिदिलाई बोक्सी बुढी भन्नु, आदि गौरीको बाल मनोदशा हो l यसरी दुइ बालपात्रको मानसिक अवस्थालाई कथामा देखाइएकोले यो कथा बाल मनोबैज्ञानिक कथा हो भन्न सकिन्छ l
सामन्ती वर्गले गरिब वर्ग प्रति गर्ने रुखो व्यवहारलाई कथामा प्रस्तुत गरिएको छ l गौरीको परिवारले संकर्लाई गरेको अपमान, तिरस्कार र घ्रिनाले सम्पन्न वर्गको क्रूर,अविवेकी र अमानवीय सामाजिक यथार्थलाइ प्रस्तुत गरेको छ l धनी वर्गले गरिबलाई मान्छेनै नठान्ने, धनीको छोराछोरीसंग हेलमेल नै गर्न न हुने अन्याय पूर्ण सामन्ती सोच कथामा गौरी र संकरको घनिष्टतालाइ टुक्रा पारिदिएबाट प्रस्ट हुन्छ l त्यसैगरी गरीबको छोरो संकरसित बढेको मित्रतालाई वियोगमा पुर्याउन गौरीका परिवार बसाइ नै सरेको यथार्थता पनि कथामा प्रस्तुत गरिएको छ l गरिबको चाहना, इच्छा , आकांक्षा, सम्पन्न वर्गको दमनले पुरा न हुने तथ्य लाइ कथामा संकरको घोडालाइ गौरीको मोटरले किचीमिची पारिदिएको प्रसंगले पुस्टि भएको छ l यसमा फुपुदिदिको गालीले गर्दा संकर सिकिस्त रुपमा बिरामी पर्नुले पनि यस कथाको मनोवैज्ञानिक पक्षलाइ दर्साएको छ l
भलादमी
नेपाली साहित्यमा धेरै विधामा कलम चलाएर विशिष्ठ पहिचान बनाउने साहित्यकार लक्ष्मीप्रसाद देवकोटा मुलत: कबि हुन् भने त्यसपछि उत्कृष्ट निबन्धकार हुन् l नेपाली निबन्ध परम्परामा निजात्मक शैलीलाइ भित्र्याएर उचाईमा पुर्याउने निबन्धकार देवकोटा आफ्ना निबन्धको विषय उच्च राष्ट्र भक्ति जातीय मोह, प्रकृति, प्रेम आदि चयन गर्छन l मानवता, अतित प्रति मोह, वर्तमान जीवन पद्धती प्रति असन्तुस्टी, निबन्धकार देवकोटाका निबन्धगत चिनारी हुन् l समसामयिक विषयमा देखिएको विकृति विसंगति र अन्ध विस्वासलाइ काव्यात्मक भाषा शैलीले व्यंग्यका साथ प्रस्तुत गर्दै सुधारवादी आकांक्षा व्यक्त गर्ने उत्कृस्ट निबन्धकार लक्ष्मीप्रसाद देवकोटा हुन् l
विचार प्रधान भएको यस भलादमी निवन्ध निवन्धकlर देवकोटाको उत्कृस्ट व्यन्ग्य निवन्ध हो l अरुको हित चिताउने, परोपकारी र समाजसेवी व्यक्ति भलादमीको रुपमा चिनिने तर आजको समयमा घमण्डी रवाफिला र आडम्बरी व्यक्तिहरु भलादमीको रुपमा चिनिएको कुरा व्यन्ग्यताका साथ निवन्धमा प्रस्तुत गरिएको छ l आजका भलादमिमा भएका विकृति र बोक्रेपनलाइ सुक्ष्म रुपमा केलाउदै पण्डित, गुरु र भलाद्मी जस्ता शब्दको प्राचिन महत्व हराउदै गएको यथार्थता निवन्धमा भेटाइन्छ l बाहिरी सजधज,कृत्रिम बोलि, हिडाई, हसाइ र पोशाकमा आजको भलादमीपनले पहिचान बोकेको आत्मप्रदर्शन, आफ्नो प्रसंशा अनि तडक भडक शैली भलादमीका विशेषता भएको यथार्थतालाइ निवान्धकारले प्रस्तुत गरेका छन् l सत्य, इमान्दार र सच्चरित्रताका वास्तविक भलादमीहरु पाखा लागेका, बाहिरी आकर्शंनको ठाउँमा भलादमीले आफुलाई चिनाएको, ज्ञान भन्दा शरीर र आवरणलाई आजको भलादमीले महत्व दिएको विसंगति प्रति व्यंग्य गर्दै ग्यान, आत्मबोध र वास्तविकतालाइ विर्सन न हुने विचार निवन्धमा प्रस्तुत गरिएको छ l
निष्ठावान, इमान्दार र स्वावलम्बी व्यक्तिलाई यथोचित मानसम्मान दिनुपर्ने मूल भाव भएको यस निवन्धमा साहित्य, शिक्षा, धर्म र राजनीति हरेक क्षेत्रमा आधुनी भलादमीको विकृति मौलाएको कुरा प्रस्तुत गरिएको छ l मौलिक अस्तित्वको खोजी, सादा जीवनको आग्रह, कृत्रिमता र अप्रक्रितिकताको विरोध गर्दै सत्य र वास्तविक भलादमीको पहिचान हुनु पर्ने विचार निवन्धमा मूल भावको रुपमा प्रकट भएको पाइन्छ l भौतिक र अध्यात्म विचको व्याबहारिक सत्यतालाई ग्रहन गरि हिड्ने व्यक्तिलाई भलादमी भनिएको यस निवन्धमा अध्यात्मवाद भित्र भएको अन्धविस्वास र विकृतिलाई हटाउँदा बाँकी हुने मानवीय चिन्तन भलादमी हुने चिन्तन निवन्धमा मूल भावको रुपमा पाइन्छ l
हर्क बहादुर
समसामयिक यथार्थलाइ कविताको मूल विषय बनाउने कवी दिनेश अधिकारी आधुनिक कविता क्षेत्रका प्रतिनिधि कवी र गीतकार हुन् l मानवता, स्वतन्त्रता र राष्ट्रियता कविताका विषय बनाउने कवी अधिकारीका कविता कृतिमा युगबोध र सचेतता पाइन्छ l वर्तमान मानव जीवनका समस्या, जटिलता संघर्ष, पिडा, आक्रोश, असन्तुस्टी र विशंगती कवी अधिकारीका कविताका महत्वपुर्ण पक्ष्य हुन् l आशlवादी चिन्तन, समाज सुधारको आग्रह, सुखी र सम्पन्न जीवनको आवश्यकता, मानवीय मुल्यको स्थापना गर्ने संदेश आदि कवी आदिकरिका काव्य चिनारी हुन् l
दरिद्रता, आर्थिक विषमता, दयनीय आवस्था, अभावग्रस्त जीवन शैली, प्रस्तुत गरिएको कविता हो ‘हर्क बहादुर’ l गाँस, बाँस र कपासको समस्याले आक्रान्त बनेको आम नेपालीको प्रतिनिधि पत्र हर्क बहादुर लाइ दुख, वेदना र पीडाको पुन्जको रुपमा कवितामा प्रस्तुत गरिएको छ l शोषित, पिडित र न्युनतम आवस्यकता पनि पुरा नभएका नेपाली जनताका मर्मस्पर्शी जीवन पद्धती यस कविताको विषयवस्तु हो l कठोर परिश्रम गर्ने, श्रमजीवी,नेपालीले दिन रात रगत सरह पसिना बगाउंदा पनि जीवन कस्टकर भएको आम नेपालीका विशेषता कवितामा व्यक्त भएको पाइन्छ l काले, चाउरे, भरिया, दाउरे, घाँसे, खेतालो, मजदुर, आदि नामले सम्बोधित हर्क बहादुर जस्ताको जीवन भोक र शोकमा डुबेको तर भाषण दिने नेता र त्याग दिने सरकारको ध्यान त्यस तर्फ नगएकोमा दुखित हुँदै कविले व्यंग्य प्रस्तुत गरेका छन् l सोझा र सरल नेपालीलाई मीठा भाषणले अल्झ्याएर निम्न वर्गीय नेपालीका, धड्लाई कुल्चिएर अगाडी बढेको हाम्रो सामाजिक, राजनैतिक विशंगत परिवेशले गरिब जनताका जीवनमा कुनै परिवर्तन नआएको यथार्थता कवितामा पाइन्छ l गरिवी, अभावग्रस्त विवस्ताको कारणले नेपाली जनता विश्व समय सापेक्ष हुन नसकेको वास्तविक चित्र कवितामा भेटिन्छ l निरन्तर रुपमा काममा घोटियिरहेका गाँस, बाँस र कपाशबाट वान्चीत नेपाली जनतालाई झन्डा, भाषण, समारोह होइन, लुगा, अन्न दिनुपर्ने विचार कवितामा पाइन्छ l
वर्गीय असमानता, विभेद, आर्थिक विषमता, आशिक्षा जस्ता जटिलताले नेपालीका जीवन कस्टकर भएको र नेपालीको वेदना र दुखको आन्त्य गारिनुपरने विचार कवितामा पाइन्छ l रास्त्रियता, नागरिकता, स्वतन्त्रता र जातियता जस्ता नाराले भोको पेट र नाङ्गो शरीर अनि घरबार बिहिन व्यक्तिलाई निरर्थक हुने विचार कविताको सारतत्व हो l श्रम, सीप र न्यायको पक्षमा संदेश दियिएको यस कवितामा मान्छेको मूल्य रक्षा गरिनुपर्ने आवश्यकता र मान्छेलाई वस्तुसँग तुलना गर्न नहुने विचार मूल भावको रुपमा पाइन्छ l रास्त्रोन्नतीका लागि जनता सुखी, सम्पन्न र सक्षम हुनुपर्ने मूल विचारलाई प्रस्तुत गरिएको यस कवितामा जसले मिहिनेत गर्छ उसले फल पाउनुपर्छ भन्ने वास्तविक सकारात्मक सोचलाई अघि सारिएको छ l आस्वाशन, भाषण र नारा आजका नेपालीका आवश्यकता नभई अवशर र शlधनको खोजि र खाँचो परेको विचार पनि यस कविताको सार तत्व हो l कर्मठ, क्रियाशील, इमान्दार, स्वभिमानी, मिहिनेती आम नेपाली नै देसका चिनारी भएकाले दरिद्रता, असमानता, अभाव र भेदभावको अन्त्य हुनुपर्ने विचारलाइ मूल रुपमा प्रस्तुत गर्दै कवितामा मानवीय मुल्यको खोजि, कोरा आदर्शको आन्त्य, बाध्यता र विवास्ताको पूर्णविराम हुनुपर्ने भाव पाइन्छ l
एक चिहान
मूल भाव
नेपाली साहित्यका विविध क्षेत्रमा कलम चलाउने ख्याती प्राप्त साहित्यकार हृदय चन्द्र सिंह प्रधान प्रगतिशील विचार भएका सामाजिक यथार्थवादी उपन्यासकार हुन् l निम्नवर्गीय जीवनका संघर्ष समस्या, जटिलता र वेदनालाइ विषयवस्तु बनाउने उपन्यासकार प्रधानका उपन्यासमा समानता, सुधारवादी चेतना, अन्याय आत्यचारको अन्त्य आदि जस्ता विषयवस्तुलाई सन्देशको रुपमा प्रकट गरिएको पाइन्छ l जातीय सांस्कृतिक एकता, गरीब जीवनका विवस्ता र बाध्यता उनका उपन्यासका उल्लेखनीय पक्ष हुन् l
नेपाली गरीब किसान र मजदूर जस्ताको जीवनमा आधारित एक चिहान उपन्यास सामाजिक यथार्थवादी रुपमा चिनिएको कृति हो l मान्छेको अन्त्य अन्त्यष्टी गरिने ठाउँलाइ चिहान भनेर बुझिने शब्द प्रयोग गरी निम्न वर्गीय जीवन यापन गर्ने श्रमजीवीहरुको मार्मीक देहान्तलाई यस उपन्यासको विषयवस्तु बनायिएको छ l दरिद्रता शोषण र विशंगतिलाइ मूल रुपमा प्रस्तुत गरिएको यस उपन्यासमा हिमाल पहाड तराई कोहि छैन पराइ भन्ने पवित्र र चोखो भावनालाई अष्टनारन को परिवारबाट व्यक्त गरिएको छ l सामाजिक विभेदबाट मुक्त भै समानता र सांस्कृतिक एकता कायम गर्नुपर्ने संदेश भएको यस उपन्यासमा अष्ट नारन र शिव नारनका परिवार एकै चिहान हुने गरी समाप्त भएको कारुणिक घटना उपन्यासको मूल विषय हो l कृषक वर्गका पीडा, वेदना, विवस्ता र बाध्यतालाई प्रस्तुत गर्न उपन्यासकारले अष्ट नारन र शिव नारन जस्तो श्रमजीवी स्वाभिमानी प्रतिनिधि पत्रको चयन गरेका छन् l विपन्न वर्गको दुरावस्था अन्त्य गरि समाज सुधार गर्नु पर्ने आग्रह उपन्यासमा पाइन्छ तडक भडक, रितिरिवाज, सामन्ती प्रथाले जडो गाडेको हाम्रो सामाजिक दास मानाशिकतामा परिवर्तन नआए सम्म गरिब वर्गको भलाई नहुने अष्ट नारन र शिव नारनको सोचबाट व्यक्त गरिएको छ l दिनरात हाड घोटेर मेहनत गर्दापनि सच्चा कृषक वर्ग शिव नारन जस्ताको जीवनमा कहिल्यै आर्थिक उन्नति हुन नसकेको यथार्थले उपन्यासको गरिमालाई अझ बढाइदिएको छ l
समाजमा राम्रा र नराम्रा दुवै प्रवृत्तिका मानिस बसोबास गर्छन भन्ने यथार्थलाई देखाउन डा. गोदत्त प्रसाद र साहु सुरमानको चरित्रलाई उपन्यासमा प्रस्तुत गरिएको छ l गरिबी र विवशताका कारणले केहि समय डा.गोदत्त प्रसादको अन्याय सहना बाध्य हुनु परेको र सुरमानको शोषणले पनि शिव नारनको परिवारलाई अभावकै कारणले शोषण गरेको वास्तविकता पनि उपन्यासको उल्लेखनीय पक्ष हो l अनमेल विवाह विरुद्ध उठेका शिव नारनका आट र साहस, प्रेम आत्मिक र सारिरीक हुने वास्तविकता, हर्ष नारन र नानीथकुंको अन्तरजातीय विवाहले चाहना गरेको समावेशी समाज, अन्याय, अत्याचार, विरुद्ध उठ्नुपर्ने आवाजको आवश्यकता उपन्यासका केन्द्रीय तत्व हुन् भन्न सकिन्छ l प्रगतिशील चेतना, समानता, स्वतन्त्रता र मुक्त समाजको कामना र स्वाभिमानी विचार उपन्यासका मूल भूत तत्व हुन् भन्न सकिन्छ l
परिवेश
२०११ साल तिरको निम्न वर्गीय जीवनको यथार्थलाई उपन्यासमा प्रस्तुत गरिएको छ l गरीवी, बाध्यता र विवस्ताको परिवेशमा निम्न वर्गीय जीवनका जटिलता र संगर्ष प्रस्तुत भएको यस उपन्यासमा विशेष गरि नेवारी समुदायको पारिवारिक परिवेश देखिएको छ अस्ट नारन र शिव नारनमा केन्द्रित भएको यस उपन्यासमा अष्ट नारनको सुरुमा उपचार गराउन कविराज र गुभाजु कहाँ जानुपरेको र पछि डा. गोदत्त प्रसाद कहाँ जानुपरेको बाध्यात्मक परिवेस भेटिन्छ l जातीय र क्षेत्रीय एकतालाइ आवश्यक ठानी हर्शनारण र नानिथकुंको विवाह अन्तरजातीय क्षेत्रमा भएको, समावेशी चेतना आरम्भ भएको परिवेश उपन्यासमा भेटिन्छ l अष्ट नारनको उपचार र अन्त्यष्टिमा ऋण लिनुपरेको, रातदिन मेहेनत गर्दापनि सुखको घाम कहिल्यै नलागेको निम्न वर्गीय जीवनका कठोर यथार्थका परिवेस उपन्यासमा भेटिन्छ l सुर्मानको शोषण डाक्टरको अनैतिकता, अन्याय, अत्याचार विरुद्ध उठेका आवाज आदि विषयलाई उपन्यासको स्वाभाविक परिवाश्ले सशक्त र जीवन्त बनाएको छ l
प्रजातन्त्र प्राप्ति पछि विस्तारै मौलाउदै गएको प्रगतिशील सोचको परिवेस, संस्कृतिक सम्मिश्रण, समावेशी र समानताको लागि आवस्यक परेको तथ्य, रुढिवादी र अन्धविस्वासले नेपाली सामाज लाइ न छोडेको वास्तविकता उपन्यास भित्र अनुकुल घटनाक्रम र स्वाभाविक पlत्रको परिवेशबाट ब्यक्त गरिएको छ l
म फूल लिएर आउनेछु
· प्रगतिशील, मानवतावादी साहित्यकार, रास्ट्रीयता, जातीयता र माटो प्रति समर्पित भावना जागरण गराउन चाहने साहित्यकार
· लैंगिक असमानता, सामाजिक विभेद, शोषण र अन्यायको विरोध गरि स्वच्छ र समता मुखी समाजको परिकल्पनालाई आग्रह गर्ने नारि प्रतिभा
· उपेक्षित, अशिक्षित र अपहेलित नारीको उत्थानको लागि आवाज उठाउने साहित्यकार
· जन्मिएको भूमिप्रति अगाध आस्था प्रकट गरिएको विचार प्रधान आत्मपरक निबन्ध
· आफ्नो शैशवकाल बितेको दोलखाको सुनखानीको मातृ वात्सल्य र काखप्रति अत्यन्त मोह व्यक्त गरिएको
· प्रत्येक नागरिकले जन्मभुमिप्रती श्रद्धा र समर्पित भावना व्यक्त गरिनुपर्ने विचार भएको यस निवन्धमा जन्मभूमिको बाध्यता, विवसता र समस्यालाइ बुझेर त्यसको अन्त्यको लागि लाग्नुपर्ने आग्रह गरिएको
· माटोको माया अक्षरमा ब्यक्त भएको यस निवन्धमा मातृऋण तिर्ने आतुर मानशिकता देखाइएको
· सुनखानीको भौगोलिकता, प्रक्रितिकता र संस्क्रितिकताले आफुलाई सदैब तानिरहेको तर आफु सुनखानीमा टेकना नसकेको पीडा व्यक्त
· अतितको स्मरणले उजाड निरस र अभावको सहरमा आफुलाई बाँच्ने उर्जा थपिरहेको कुरा व्यक्त
· अस्त व्यस्त दुषित सहरी सभ्यतामा आफ्नो जीवनलाई अगाडी बढाउन उही सुनखानीको सम्झना प्रेरणादायी, उत्साहप्रद भएको कुरा व्यक्त
· विश्वपरिवेसमै विकृति फैलिएको र त्यस विकृतिले सुन्खानिलाई पनि दुषित बनाउन लागेकोमा चिन्ता प्रकट गरिएको
· जन्मभूमि प्रतिको आत्मियता देस्वाशीको उत्थानमा लाग्ने तिब्र चाहना, धर्तिलाइ सदाब प्राण भन्दा पनि प्यारो मानुपर्ने विचार, आमाको अनुहार सधैं सन्तानले हसौनुपरने जस्ता विचार मूल भाव भएको
रातभरि हुरी चल्यो
सामाजिक यथार्थवादी कथाकार इन्द्रबहादुर राई उपन्यासकार, समालोचक व्यक्तित्व हुन् l जीवनलाई जसरि भोगिन्छ, जसरि देखिन्छ, त्यसलाई नछोपिकन साहित्यमा प्रस्तुत गर्नुपर्छ भन्ने विचार भएका कथाकार राई आयामेली कथाकार पनि हुन् l लीलालेखनका प्रग्योग्कर्ता कथाकार इन्द्रबहादुर राई नेपाली कथा फाँटमा नायाँ नायाँ कथा प्रबृत्ति भित्र्याउने कथाकार हुन् l आन्चालिक तथा बौद्धिक कथाकार इन्द्रबहादुर राईको पहिलो कथा ‘रातभरि हुरी चल्यो’ हो l
दार्जलिंग परिवेशको गाउँ तथा सहरी क्षेत्रलाई समेटेर प्रस्तुत गरिएको यस कथामा प्रवाशी नेपालीका यथार्थ जीवन पद्धतिलाइ देखिएको छ l व्यक्तिका पिडा, बाध्यता, र आन्तरीक वेदनालाइ प्रस्तुत गर्ने सन्दर्भमा यस कथामा प्राकृतिक हुरी र वैचारीक हुरीलाइ एकैसाथ प्रस्तुत गरिएको छ l एक रात भर र एक बिहानको समयमा केन्द्रित भएको यस कथामा कालेको परिवारले निम्नवर्गीय प्रवाशी नेपालीको जीवनलाई प्रस्तुत गरेको छ l आफ्नै घरखेत गरि गाउँमा जीविका चलाएका कालेका बाआमाको प्राकृतिक विपत्तिले दिएको पिडादायी मनोदशा कथामा देखाइएको छ l आपत विपत, मृत्यु, डर, दुख गाउँमा मात्र हुन्छ भन्ने सोचका कालेकी आमाको मानसिकतामा कथाकारले परिवर्तन ल्याएर कथाको उदेश्य व्यक्त गरेका छन् l रातभर अनिदो भएपनि नियमित काम नगरी सुखै नहुने वास्तविकतालाई व्यक्त गर्न कालेको आमा सबेरै दुध पुर्याउन सहर गएको प्रसङ्ग देखाइएको छ l रातभरिको पीडादायी समयलाई सम्झेर कालेकी आमाले सहर सुरक्षित र पीडा मुक्त स्थल थान्दछेl त्यसैले गुनको सबै बेचेर सहरमै बस्ने निर्णय गर्दछे कालेकि आमाले जब बी. बी. गुरुङकी स्वास्नीको मृत्युको कारण थाहा पाउँछे तब यथार्थताबोधले मानशिक परिवर्तन देखा पर्दछ अर्थात् संकट विपत गाउँमा नत्र होइन सहरमा पनि आउँदो रहेछ भन्ने कुरा उसले बुझ्दछे यो कथाको सार भाव पनि हो l
मान्छे आशावादी हुनुपर्छ आशाले जीवनमा थप उर्जा दिने गर्दछ निराशाले मानिश्लाई मृत्योउको मुखमा पुर्याउँछ l त्यसैले विपतबाट मुक्ति पाउन स्थान्तरण अपनाउनु हुदैन l त्यसैगरि अधैर्यता अस्थिरता मानव जीवनका असफलताका तत्व हुन् भने धैर्यता र स्थिरता सफलताका प्रतिक हुनाले प्रकृतिसंग जुधेर संघर्ष गरेर जीवनलाई बचाउनुपर्ने जीवनवादी संदेश कथामा पाइन्छ l मानव जीवनमा सुख दुख अभाव समस्या गार्हो साँघुरो आइपर्ने हुँदा तिनको सामना गर्न मानिस तयार हुनुपर्ने कर्मठ भाव पनि कथाको सारभूत तत्व हो l हुरीले थोरै बिगारेको मानिसको घरखेत बारीलाई सृजनशील मस्तिस्क र पौरखी हातहरुले एकै चीनमा बनाउन सक्ने हुँदा यस्ता प्राकृतिक प्रकोप संग भागेर हैन डटेर सामना गर्नुपर्ने कर्मवादी विचार पनि कथाको मूल विचार हो l
हारजित
सामाजिक यथार्थवादी कथाकार भवानी भिक्षु सफल मनोवैज्ञानिक साहित्यकार हुन् l झिनो कथावस्तुमा पात्रको मनको विस्लेषण गर्न पोख्त यिनी आन्चालिक साहित्यकार पनि हुन् l चरित्रको मनको कुना सम्म पुगेर पाठकलाई मनोवैज्ञानिक यथार्थता प्रस्तुत गर्ने कथाकार भिक्षुका कथामा मार्मिकता, कारुनिकता पाइन्छ l यौन मनोविज्ञानलाई अति शिस्ट ढंगले प्रस्तुत गर्दै कथा रचना गर्ने कथाकार भिक्षुको समाज मनोविज्ञानमा आधारित कथा हारजित हो l
तराइको परिवेशमा संरचना गरिएको हारजित कथा सामाजिक यथार्थवादी मनोवैज्ञानिक कथा हो l दुइ प्रतिष्ठित र मर्यादित व्यक्तित्वका बीच उच्च सामाजिक प्रतिष्ठा प्राप्तिका लागि चलिरहेको आन्तरिक द्वन्दलाई कथामा वास्तविक परिवेशमा प्रस्तुत गरिएको छ l व्यक्तिलाई गौण र सामाजिक मर्यादा लाइ उच्च बनाइएको यस कथामा हार र जीतको द्वन्दलाई नै मूल विषय बनाइएको छ l समाजको प्रतिष्ठित व्यक्ति घुरहू महतोले आफ्नो सामाजीक प्रतिष्ठा बचाई राख्न सोनावालाई अलगुवाको घर पठाई आफ्नै विवाहित छोरी रतियालाई मजदूर बनाइ मनोहर कहाँ पठाएको छ l यसबाट व्यक्तिगत इज्जत भन्दा सामाजिक मर्यादा र सम्मान ठुलो हुन्छ भन्ने कुरा पुस्टि हुन्छ l त्यस्तै मनोहरले पनि सोनावालाई फिर्ता नगर्ने निधो गरेपनि फर्काउन बाध्य भएको र रतियालाई स-सम्मान विदाई गरेर पठाएको घटना बाट मानिस धनका दृष्टिले जतिसुकै उचाईमा पुगेपनि सामाजिक मर्यादा र प्रतिष्ठालाई सबै भन्दा माथि राख्छ भन्ने यथार्थलाई प्रस्तुत गरिएको छ l दुबै मान मर्यादा बचाई राख्न आन्तरिक होडबाजी गरेका छन् l गाउँका न्यायमूर्ति भएका नाताले अलगुवाले आफ्नो समस्या घुरहू समक्ष पोख्दछ भने गाउँको आर्थीक समस्या मनोहरले टारेपनि आफुलाई गाउँलेले घुरहुलाई भन्दा कम सम्मान दिएको मनोहरले महसुस गर्दछ l दुवै जनाको पूर्ण रुपमा जीत हार नभएको यस कथामा जुन घटनाले घुरहुलाई विजयी बनाएको छ त्यहाँ मनोहरले हारको महसुस गरेको देखिन्छ l त्यसै गरि मनोहरले जीतको ताज लगाउदा घुरहू लज्जित हुनुपरेको छ l पात्रको पूर्ण रुपमा जीत हार नभएपनि मानवीय अहमको भने जीत नै भएको छ जुन कथाको मूल तत्व हो l
दुवै पात्रको मनोविस्लेशन गर्न कथा सफल भएको छ l न्यायिक प्रतिष्ठाले उचाईमा पुगेको घुरहू महतो अर्थले प्रतिष्ठित मनोहरको द्वन्द वा आन्तरिक प्रतिस्पर्धा यहाँ देखिएको छ l अलगुवाको समस्याले घुरहू चिन्तित हुनु, उनलाई खाना नरुच्नु, रतियालाई सोनावाको साटो पठाउनु, रतियाको विदाइमा सामेल नहुनु घुरहुको मानसिक प्रतिक्रिया हो भने अर्थको घमण्ड देखिनु चतुर्याई पुर्वक सोनावालाइ घर पठाइदिनु, रतियालाई माया गरि राख्नु, रतियाको विदाइमा प्रशस्त धन खर्चिनु, समाजलाई उदारता देखाउनु, घुरहुलाई तड़पाउनु मनोहरको मानसिक प्रतिक्रिया हो l यसरी दुइ पात्रको चेतन अचेतन अवस्थामा मनोद्वन्द देखाउन कथा सफल भएको हुनाले यस कथाले मनोवैज्ञानिक कथा भनिन्छ भने सामाजिक विषयले मान्छेको अहममा पार्ने प्रभाव कथामा देखिएको हुनाले यस कथालाई सामाजिक मनोवैज्ञानिक कथा भन्न सकिन्छ l
बौलाहा काजीको सपना
सामाजिक यथार्थवादी, मनोवैज्ञानिक साहित्यकार विजय मल्ल ‘राधा मान्दिन’ एकांकीबाट नाट्य क्षेत्रमा देखा परेका नाटककार हुन् l नेपाली समाजको समस्या, शोषण, गरिवी अभाव आदिलाइ विषय वस्तुको रुपमा चयन गरि मानवता, समानता र स्वतात्रताको सन्देस दिने नाटककार विजय मल्लका नाटक मंचानिय दृस्टीकोणले उच्च कोटीको भएको पाइन्छ l रास्ट्रीय अन्तरास्ट्रिय स्तरका विशंगति अन्याय पात्रगत बहुलता पात्रको मनको विस्लेषण नाटककार मल्लका नाट्य चिनारी हुन् l
पांच अंकमा विभाजित भएको यस बौलाहा काजीको सपना नाटकमा राणाकालीन नेपाली समाजको गरीबी असुरक्षा र समानताको कहाली लाग्दो अवस्थाको चित्रण गरिएको छ l आदर्श र यथार्थताको संदेश संयोजन भएको यस नाटकमा शिक्षाको चेतना संगै गारिवीको सोचाइमा परिवर्तन आएको र उपचार नपाइ अकालमा मार्नुपरेको बिरे जस्ताको बाध्यात्मक स्थिति देखाइएको छ l सामाजिक आर्थिक समस्या देखाउंदै शिक्षामा जोड दिने उदेस्यले नाटक संरचना भएको बुझिन्छ हास्य, करुण वीर रसको मार्मिक संयोजन भएको यस नाटकमा असमानता दरिद्रता र क्रूर प्रवृतिलाइ पूर्ण रुपमा नस्ट गरेर सुख सम्पन्न समाजको निर्माण गर्ने मूल उदेश्य रहेको पाइन्छ l एउटा सबल स्वस्थ सामाजको निर्माण गर्ने बौलाहा काजी बाट नाटककारले नाटकको संदेश व्यक्त गरेका छन् l तत्कालिन समाजमा अर्धपागल मानिए पनि जनमुखी सचेत र परिवर्तनशील काजी पात्रको माध्यमबाट नाटकमा मानवीय सदाचारको पाठ सिकाइएको छ l समानता स्वाधिनता र मातृत्वको भावनामा अभिब्रिदी गरि शिक्षाको महत्वलाई जोड दिनु नै नाटकको मूल भाव हो l शिक्षा बिना देस बिकाश सम्भव नभएकोले अपेक्षित ठानिएका बिरे जस्ता व्यक्तिले पनि पढ्न पाउनुपर्ने दरिलो आवाज नाटकमा व्यक्त भएको छ l अधिकारको लागि क्रान्तिकारी सन्देस भविस्य प्रति आशावादी सोच, तत्कालिन अनुदारवादी राजनैतिक व्यक्ति, युग द्रसटा व्यक्तिलाई बौलाहा भनिने शाषकिय मानाशिकता जस्ता नाटकका उल्लेखनीय पक्ष हुन् l गारिवी, अशिक्षा र असमानताले ग्रस्त नेपाली समाजको यथार्थ प्रस्तुत गर्दै गरीबीबाट उन्मुक्ति पाउन मृत्यु वरण गर्नुपर्ने बिरे जस्ताको बिवसता देखाउनु पनि नाटकको मूल भाव हो l गारिवी निवारण, सामाजिक न्यायका लागि संघर्ष गरिनुपर्ने जागरुकता परिवर्तनको चाहना र आवस्यकता पनि नाटकको मूल भाव हो l गरीब दुखिहरु प्रति सहयोगका हातहरु बढाउनुपर्ने, बिरामीले औषधि पाउनुपर्ने, अशिक्षितले शिक्षा पाउनुपर्ने जस्ता सकारात्मक विचार सहित तत्कालिन सामाजिक दुरावस्थालाई देखाउनु पनि नाटकको उदेस्य देखिन्छ l
२००४ सालको उकुश मुकुशको राजनैतिक परिवेशमा नाटक संरचित देखिएको छ l सामाजिक सुधार मानवता समाज सेवा र त्यागको महत्व उजागर गर्ने उदेश्यले रचना भएको यस नाटकमा तत्कालिन समयमा जनताका छोराछोरीका पहुँचमा लेखपढको स्वतन्त्र परिवेश नभएको देखिएको छ l अन्याय अत्याचार शोषणले जनताका छोराछोरिले सामान्य रोगको उपचार नपाएर अकालमा जीवन गुमाउनु परेको बिरे जस्ताको मृत्युको कारुणिक दयनीय परिवेश नाटकमा देखिन्छ l जनता सचेत हुँदै गएका सत्तालाई फाल्नु पर्ने तत्कालिन परिवेसमा काजी जस्तो सचेत पत्रलाई अर्ध पागल बनाइएको नेपाली राजनैतिक सामाजिक आर्थिक दुरावस्थाको परिवेशलाई व्यंग्य प्रहार गरेको छ l उच्च खान्दानको लागि मात्र शिक्षाको एकाधिकार भएको तत्कालिन परिवेशमा भरियाको छोरो बिरे जस्ताले पढ्न पाउनुपर्ने क्रान्तिकारी विचार पनि नाटकमा प्रकट भएको छ l अनुदारवादी साशनकालमा निम्न वर्गीय जनताले पढ्नु सामाजिक अपराध जस्तै मानिने परिवेस नाटकमा धनमान साहुले भक्तेलाई बिरेको बिध्यालयमा गरेको सम्बोधनबाट बुझ्न सकिन्छ काजीको यथार्थता र आदर्श अनि बिरेको वास्तविकताले नाटकको परिवेशलाइ सशक्त बनाएको छ l
पदवर्ग पहिचान गर्ने तरिका
१. धातु +नु/आइ = नाम
धातु +ने/एको/एका/एकी/तो /दो= विशेषण
धातु+न/एर/इ/एन्जेल/तै/दै=क्रियाविशेषण
२. को/के/कसलाई उत्तर आउने = नाम
३. कुन/कत्रो/कस्तो/कसको/कति को उत्तर आउने = विशेषण
कतिको उत्तर आउने पद क्रियाको अगाडी आएमा = क्रियाविशेषण
४. कहाँ/कहिले/कसरी/किन जस्ता प्रस्नको उत्तर आउने = क्रियाविशेषण
५. नाम पदको अगाडी आउंदा विशेषक मात्र विशेषण हुन्छ भने अन्यत्र विशेषण पद आउंदा कहिले नाम कहिले क्रियाविशेषण बन्दछ (जेठो आयोl जेठो =नाम)६. विशेषण पदमा ‘हरु’ लागेमा नाम पद बन्दछ
७. नाम्योगी गासिएको पुरै शब्द क्रियाविशेषण हुन्छ l तर हरु, ले, लाई, जस्ता विभाक्ति गासिएका शब्दको वर्ग परिवर्तन हुदैन l (टेबुलमाथि स्याउ छ ; टेबुलले धेरै सजिलो बनायो ; टेबुलहरुमाथि स्याउ छ) (टेबुल=नाम, माथि=नामयोगी, टेबुलहरुमाथि=क्रियाविशेषण)८. षष्ठी विभक्ति लागेका पदहरु विशेषण हुन्छ
९. दर्शक, सम्बन्ध र प्रस्नवाचक सर्वनाम पद नाम पदको आगाडी आउँदा विशेषण हुन्छ
वाच्य परिवर्तन सम्बन्धी केहि तरिका
१. कर्तृ वाच्य लाइ कर्म तथा भाव वाच्यामा परिवर्तन गर्ने
२. कर्म वाच्यको कर्ता पदमा द्वारा जोड्नु पर्छ
३. प्रत्यक्ष कर्ममा लागेको ‘लाई’ हटाउनु पर्दछ
४. अप्रत्यक्ष कर्ममा लागेको ‘लाई’ यथावत राखनुपर्छ
५. प्रथम पुरुषको कर्ता पद भएमा मिलेसम्म आफु/आफु त लेखनु पर्छ
६. आज्ञा र इछ्या बुझाउने क्रिया लाई एक वचनमा भए ‘धातु + इयोस’ को ढाँचामा देखाउनु पर्छ भने बहुवचन भएमा ‘धातु+इयुन’ को ढाँचामा देखाउनु पर्छ
७. अकर्मक कर्तृ वाच्य भाव वाच्यमा रुपान्तरण हुन्छ
८. भाव वाच्यमा कर्ता देखाउनु पर्दैन
९. भाव वाच्यको क्रिया सधैं एकवचन, तृतीय पुरुषको पुलिंगी र अनादरवाचीमा रहनु पर्छ
१०. वाच्य परिवर्तन गर्दा क्रियाको काल, भाव, पक्ष परिवर्तन गर्नु हुदैन
११. कर्म+भाव वाच्यका क्रियापद ‘धातु+ई+रुपायक’ प्रत्ययको ढाँचामा हुनुपर्दछ
२. कर्म वाच्यको कर्ता पदमा द्वारा जोड्नु पर्छ
३. प्रत्यक्ष कर्ममा लागेको ‘लाई’ हटाउनु पर्दछ
४. अप्रत्यक्ष कर्ममा लागेको ‘लाई’ यथावत राखनुपर्छ
५. प्रथम पुरुषको कर्ता पद भएमा मिलेसम्म आफु/आफु त लेखनु पर्छ
६. आज्ञा र इछ्या बुझाउने क्रिया लाई एक वचनमा भए ‘धातु + इयोस’ को ढाँचामा देखाउनु पर्छ भने बहुवचन भएमा ‘धातु+इयुन’ को ढाँचामा देखाउनु पर्छ
७. अकर्मक कर्तृ वाच्य भाव वाच्यमा रुपान्तरण हुन्छ
८. भाव वाच्यमा कर्ता देखाउनु पर्दैन
९. भाव वाच्यको क्रिया सधैं एकवचन, तृतीय पुरुषको पुलिंगी र अनादरवाचीमा रहनु पर्छ
१०. वाच्य परिवर्तन गर्दा क्रियाको काल, भाव, पक्ष परिवर्तन गर्नु हुदैन
११. कर्म+भाव वाच्यका क्रियापद ‘धातु+ई+रुपायक’ प्रत्ययको ढाँचामा हुनुपर्दछ
कार्यका आधारमा कारक
कारक
|
विभक्ति
| |
कर्ता कारक
|
प्रथामा (ले, बाट, द्वारा)
|
काम गर्ने
|
कर्म कारक
|
द्वितीया (लाई)
|
कामको असर पर्ने
|
करण कारक
|
तृतीया (ले, बाट, द्वारा)
|
कामको तरीका, प्रक्रिया,कारण,माध्यम बताउने
|
सम्प्रदान कारक
|
चतुर्थी (लाई,लागि,निम्ति)
|
कर्ताले कसैका निम्ति गर्ने काम
|
अपादान कारक
|
पंचमी (देखि,बाट)
|
अलग हुने समय वा स्थान बताउने
|
अधिकरण कारक
|
सप्तमी (मा,माथि)
|
आधार वा आश्रय बताउने
|
*षष्ठी विभक्ति लागेका शब्द कारक हैन बरु सम्बन्ध पद हो l
समास
१. दुई वा दुई भन्दा बढी स्वतन्त्र शब्दहरु मिलेर एउटा शब्द बन्ने प्रक्रिया
२. विग्रहको अवस्थामा विभाक्ति चिन्हहरु आएमा तत्पुरुष समास (डरले छेरुवा=डरछेरुवा)३. नाम-नाम,विशेषण-नाम,विशेषण-विशेषण,उपमान-उपमेय,आरोप-आरोप्य बीच हुने समास कर्मधारय हो l (कालो माटो=कालिमाटी)४. अब्ययसंग अन्य पद र अब्यय बाहेकका शब्दहरु मेल भएर अब्ययकै अर्थ दिने समास अब्ययीभाव (एक+एक=एकाएक)५. समान अर्थ भएका शब्दको मेल भएमा द्वन्द समास हुन्छ l (आमा र बुवा = आमाबुवा)६. संख्यावाची विशेषण शब्दसंग नाम पद मिलेर समुहबोधक समस्त पद बनेमा दिगु समास (नौ दुर्गाको समूह=नवदुर्गा)७. बहुब्रिही समासको निर्माण हुँदा अन्यर्थ प्रदान हुन्छ (मृग जस्तो नयन छ जसको=मृगनयनी)
२. विग्रहको अवस्थामा विभाक्ति चिन्हहरु आएमा तत्पुरुष समास (डरले छेरुवा=डरछेरुवा)३. नाम-नाम,विशेषण-नाम,विशेषण-विशेषण,उपमान-उपमेय,आरोप-आरोप्य बीच हुने समास कर्मधारय हो l (कालो माटो=कालिमाटी)४. अब्ययसंग अन्य पद र अब्यय बाहेकका शब्दहरु मेल भएर अब्ययकै अर्थ दिने समास अब्ययीभाव (एक+एक=एकाएक)५. समान अर्थ भएका शब्दको मेल भएमा द्वन्द समास हुन्छ l (आमा र बुवा = आमाबुवा)६. संख्यावाची विशेषण शब्दसंग नाम पद मिलेर समुहबोधक समस्त पद बनेमा दिगु समास (नौ दुर्गाको समूह=नवदुर्गा)७. बहुब्रिही समासको निर्माण हुँदा अन्यर्थ प्रदान हुन्छ (मृग जस्तो नयन छ जसको=मृगनयनी)
*द्वित्व एकै शब्दलाई दोहोर्याएर नयाँ शब्द बनाउने प्रक्रिया हो (बार + बार =बारबार )
व्यक्तिगत विवरण
नाम :
जन्म स्थान :जन्म मिति :आमा :बाबु :रास्त्रियता :धर्म :वैवाहिक स्थिति :स्थायी ठेगाना :अस्थायी ठेगाना :सम्पर्क ठेगाना :शैक्षिक योग्यता :पुरस्कार तथा पदक:भ्रमण तथा अनुभव :
पद पूर्तिको लागि प्रकशित गरिने विज्ञापनको नमुना
आवश्यकता
(पहिलो पटक प्रकाशित मिति: २०६८-८-२)विज्ञापन नं: ०५८/२०६८/२०६९
यस संस्थानलाई देहाय बमोजिमको पद स्थायीरुपमा पूर्ति गर्नु परेकाले निम्न लिखित योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त आवहान गरिन्छ lपद:संख्या:तह:उमेर:आवस्यक न्युनतम शैक्षिक योग्यता:अन्य योग्यता:परिक्षाको किसिम:दरखास्त पाइने स्थान:दरखास्त आइपुग्नुपर्ने अन्तिम मिति:सम्पर्क मिति:परीक्षाको स्थान र मिति:तलब तथा सुबिधा:आवस्यक सामग्री/कागजात:
१.२.३.दस्तुर: रु…….मात्र
रीत नपुगेका र म्याद नाघी आएका दरखास्त उपर कुनै कारवाही हुने छैन l
१.२.३.दस्तुर: रु…….मात्र
रीत नपुगेका र म्याद नाघी आएका दरखास्त उपर कुनै कारवाही हुने छैन l
पदपूर्ति समिति
………..संस्थान
प्रधान कार्यालय
काठमाडौँ
टिप्पणी लेखन
१.शिर्षक लेख्ने
२.समसामयिक विषयका समस्या र कारणहरुमा केन्द्रित भई लेखिने
३.समस्याको उठान गरी समाधानको उपाय समावेश गर्ने
४.१००-१५० शब्दसम्म लेख्ने
५.आदि, मध्य र अन्त्य गरि तीन अनुच्छेद को शैलीमा लेख्ने
६.विश्लेशनात्मक ढंगमा वस्तुपरक ढंगमा लेखिने
२.समसामयिक विषयका समस्या र कारणहरुमा केन्द्रित भई लेखिने
३.समस्याको उठान गरी समाधानको उपाय समावेश गर्ने
४.१००-१५० शब्दसम्म लेख्ने
५.आदि, मध्य र अन्त्य गरि तीन अनुच्छेद को शैलीमा लेख्ने
६.विश्लेशनात्मक ढंगमा वस्तुपरक ढंगमा लेखिने
सम्पादकलाइ चिठी
मिति:………
सम्पादक ज्यु,कान्तिपुर प्रकाशन
काठमाडौँ, नेपाल
काठमाडौँ, नेपाल
विषय:…………….
महोदय,
…………………………….समस्याको परिचय दिदैं उठान गरि समाधानका उपाय पनि समावेश गर्ने………………………………………………………………………………………………………….
………………..
…………………………….समस्याको परिचय दिदैं उठान गरि समाधानका उपाय पनि समावेश गर्ने………………………………………………………………………………………………………….
………………..
भवदीय
(लेख्ने व्यक्तिको नाम)
(लेख्नेको ठेगाना)
प्रतिवेदन लेखन
१. शिर्षक लेख्ने
२. तीन अनुच्छेदमा लेख्ने
३.कार्यक्रम वा भ्रमण बारे परिचय पहिलो अनुच्छेदमा; कार्यक्रम को विकाश र त्यहाँ भएका महत्वपुर्ण घटनाहरु लाइ दोश्रो अनुच्छेदमा र तेश्रो अनुच्छेदमा कार्यक्रमले दिएको संदेश र यस्ता कार्यक्रमको महत्व बारे दर्शाउने
४.अन्त्यमा मिति र प्रतिवेदकको नाम लेखना न भुल्ने
२. तीन अनुच्छेदमा लेख्ने
३.कार्यक्रम वा भ्रमण बारे परिचय पहिलो अनुच्छेदमा; कार्यक्रम को विकाश र त्यहाँ भएका महत्वपुर्ण घटनाहरु लाइ दोश्रो अनुच्छेदमा र तेश्रो अनुच्छेदमा कार्यक्रमले दिएको संदेश र यस्ता कार्यक्रमको महत्व बारे दर्शाउने
४.अन्त्यमा मिति र प्रतिवेदकको नाम लेखना न भुल्ने
बधाई
श्री ………… ज्यु,
(….पेशा…..)
(…कार्यरत स्थान…)विषय: बधाई ज्ञापन
महाशय,
(….पेशा…..)
(…कार्यरत स्थान…)विषय: बधाई ज्ञापन
महाशय,
…………………(बधाईका संदेश)…………………………….
(बधाई दिनेको
नाम, पद र ठेगाना)
श्रधान्जली एवं समवेदना
हार्दिक श्रधान्जली एवं समवेदना
जन्म मृत्यु
(..मिति…) (…मिति…)
………………………….श्रधान्जली क केहि शब्दहरु ………………………………
श्रधान्जली दिनेको
नाम,ठेगाना र पद
छात्रवृत्तिका लागि पत्र
श्रीमान् प्राचार्य ज्यु,
(विद्यालयको नाम)
(ठेगाना)विषय:जेहेन्दार छात्रवृत्ति पुन भन्ने बारे
महोदय,त्यस विद्यालयको ……………………..(आफ्ना समस्याहरु व्यक्त गर्दै आफुले छात्रवृत्ति पाउनुपर्ने कारणहरु देखाएर छात्रवृत्तिको लागि अपील गर्ने)………………….l धन्यवाद l
(विद्यालयको नाम)
(ठेगाना)विषय:जेहेन्दार छात्रवृत्ति पुन भन्ने बारे
महोदय,त्यस विद्यालयको ……………………..(आफ्ना समस्याहरु व्यक्त गर्दै आफुले छात्रवृत्ति पाउनुपर्ने कारणहरु देखाएर छात्रवृत्तिको लागि अपील गर्ने)………………….l धन्यवाद l
संकलन गरिएका कागजातहरु:१….२…..
आज्ञाकारी छात्र
(आफ्नो नाम)
निमन्त्रणा
श्रीमान ……………… ज्युका समिपमा
निमन्त्रणा
………….(निमन्त्रनाका लागी अपील गर्ने )………………..
कार्यक्रम: आयोजक समिति
(मिति) (आयोजकको नाम)
(समय)
(स्थान)
(मिति) (आयोजकको नाम)
(समय)
(स्थान)
No comments:
Post a Comment